२९ आश्विन २०८३, बिहिबार

क्रिकेट बलले लागेर इजरायलमा अम्पायरको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????काठमाडौँ, १४मंसिर । इजरायलमा स्थानीय क्रिकेट खेलको क्रममा ५५ वर्षीय अम्पायर हिलेल ओस्कारको क्रिकेट बलले लागेर मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीले इजरायली क्रिकेट संघलाई उदृत गर्दै जनाए अनुसार  ओस्कारको शनिबार निधन भएको हो ।

इजरायलको राष्ट्रिय टीमका पूर्व कप्तान समेत रहेका ओस्कारलाई  तिब्र गतिमा आएको बलले लागेको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार क्रिकेट बल पहिला विकेटमा लागेको थियो र त्यसपछि उक्त बलले अम्पायरलाई लागेको थियो ।

बलले लागेर अष्ट्रलियाली व्याट्सम्यान फिलिप ह्यूजको निधन भएको केही दिनपछि यस्तो घटना भएको हो ।
ओस्कारको छातिमा बलले लागेपछि हृदयघात भएको र मृत्यु भएको बताइएको छ ।