३० आश्विन २०८३, शुक्रबार

अफ्रिकाका चर्चित पूर्व फुटबल खेलाडी बने लाइबेरियाको राष्ट्रपति

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । पूर्व फुटबल खेलाडी जर्ज उएच लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गर्दै जर्ज राष्ट्रपतिमा विजयी भएका हुन् ।

लाइबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएको जनाएको छ । चुनावमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

चुनावको परिणमपछि पूर्व फुटवल खेलाडीका समर्थकले त्यहाँको निर्वाचन कार्यालय अगाडि विजय उत्सव मनाइरहेका छन् । ५१ वर्षीय जर्ज अफ्रिकाकै सबैभन्दा चर्चित फुटवल खेलाडि हुन् । जर्जले सन् १९९० मा पेरिस सेन्ट जर्मेन र एसी मिलेबाट फुटवल खेलेका थिए । उनी चेल्सी र मेन्चेष्टर सिटिमा आवद्व भएर पनि फुटवल खेलेको बीबीसीले जनाएको छ ।