२९ आश्विन २०८३, बिहिबार

धैबुङ्ग कालिका साना किसान सहकारी चार लाख नाफामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhaibhaung-sahakariरसुवा, १४ मंसिर । तीन वर्षको अन्तरालमा धैबुङ्ग कालिका साना किसान कृषि सहकारीले झण्डै चार लाख रुपैयाँ नाफा गर्न सफल भएको छ ।

‘सवैका लागि एक एकका लागि सवै’ भन्ने मूलनाराका साथ आर्थिक तथा सामाजिक गतिबिधीलाई सरलीकृत गर्ने, स्थानीय तहमा साना किसान वर्गको आयआर्जन पशुपालन,कृषि क्षेत्रमा लगानी गरी उनीहरूको आयमा बृद्धि गराउने अभिप्रायले २०६८ असोज ४गते बिधिबत रुपमा यस सहकारीको स्थापना भएको हो ।

संस्थाका अध्यक्ष विष्ण पौडेलले प्रतिबेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा संस्थाले कुल आम्दानी ११ लाख १७ हजार ९ सय ४९ रुपैयाँ ९५ पैसा भएको र जस मध्येबाट कुल खर्च ७ लाख ४२ हजार ८ सय ४४ रुपैयाँ ४८ पैसा कटाई खुद नाफा ३ लाख ७५ हजार १ सय ५ रुपैयाँ ४७ पैसा नाफा आर्जन गरेको बताउँनुभयो ।

कार्यक्रममा संस्थाका प्रबन्धक पूर्णप्रसाद न्यौपानेले प्रतिबेदन पेस गर्दै संस्थाले कुल १ करोड ३२ लाख ८९ हजार ८ सय ३२ रुपैयाँ बरावरको कारोबार भएको बताउँनुभयो ।

उहाँले सहकारी संस्था धैबुङ्ग गाविसको नौ वटै वडामा फैलिएको र ९१ वटा समूहमा ५ सय ९९ जना सदस्य मध्ये ४ सय १९ जना महिला तथा १ सय ८० जना पुरुष सेयर सदस्य रहेको पनि प्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि साना किसान विकास बैकका बरिष्ठ सहायक महेश्वर पण्डित, बिशेष अतिथी जिल्ला शहकारी संघ तदर्थ समितिका अध्यक्ष टिका देवकोटाले, गाविस सचिव टिकम शाही, कृषि सेवा केन्द्रका प्रमुख बालकुमारी खडका, जिल्ला भूमिअधिकार मञ्चका सस्थापक अध्यक्ष भवानी न्यौपाने, कृषि विकास समिति धैबुङ्गका भवनाथ पौडेल, संस्थाका उपाध्यक्ष सीता अधिकारीलगायतका सेयर सदस्यहरुले पनि आफ्नो धारणा राखेका थिए ।

साधारण सभाले पुनः विष्णुप्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व सर्व सम्मत चयन गरेको छ ।

उपाध्यक्षमा सीता अधिकारी, सचिवमा हेमनाथ खतिवडा, कोषाध्यक्ष बृन्दा न्यौपाने, सदस्यहरूमा कुमारदास नेपाली, भवनाथ न्यौपाने, शिब लामिछाने, कृष्णबहादुर मोक्तान, महेन्दबहादुर न्यौपाने, रत्नप्रसाद पौडेल, भीमकुमारी ढकाल, रहेका छन् ।

नबराज न्यौपानेको अध्यक्षतामा तारा कार्की र ईन्द्रप्रसाद पौडेल सदस्य रहेको लेखा समितिमा गठन भएको छ भने कमल आचार्यको संयोजकत्वमा  सानुकान्छी मोक्तान र नीलकुमारी न्यौपाने सदस्य रहेको सल्लाहकार समिति चयन भएको छ ।