२ कार्तिक २०८३, सोमबार

माओवादी केन्द्रको बैठकः यस्तो आयो निर्णय, एमाले स्थायी कमिटी बस्दै

10.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । विहिबार विहान बसेको पार्टीका दोस्रो तहका नेताहरुको बैठकले चुनाव अघि जनतामाझ गरिएको प्रतिबद्धताअनुसार पार्टी एकताका लागि दुबै दलका नेता कार्यकर्ता सक्रिय भई नेतृत्वलाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा केपी ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनुपर्नेमा एकमत देखिएको नेता टोपबहादुर रायमाझीले जानकारी दिए । ‘ओलीलाई प्रधानमन्त्री बनाउन हामीहरु तयार छौं,’ उनले भने, ‘र, तत्काल पार्टी एकता गरेर प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

एमाले स्थायी कमिटी बैठक बस्दै

यता पार्टी एकता र नयाँ सरकार गठनकै विषयमा भावी रणनीति बनाउन एमाले स्थायी समिति बैठक बस्दै छ । एमाले नेता भिम रावलले दिएको जानकारी अनुसार आज बस्ने बैठकले पार्टी एकतालाई तिब्रता दिने तयारी छ ।