काठमाडौं, १३ पुस । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
युवा नेताहरुले चुनावी परिणामलगत्तै केन्द्रीय समिति बैठक राख्न दबाब दिएपछि देउवाले सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान ८ बजे बैठक बोलाएका हुन् ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको परामर्शमा बैठकको मिति तय भएको हो । बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने बताइएको छ ।
निर्वाचनमा काँग्रेसले स्थिति कमजोर भएपछि समिक्षाको लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको वैठक बोलाउन माग गरेका थिए । उनीरुले वैठकले पार्टीका एजेण्डा र नीतिका बारेमा छलफल गर्न महासमिति बैठक बोलाउन पनि माग गरेका छन्।















प्रतिक्रिया