१४ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीका अर्का पूर्व आईजीपी जेल जाने सम्भावना बढ्यो

16.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्यालमाथि गरेको अनुसन्धान अन्तिम चरणमा पु-याएको छ ।

अख्तियारले केही समय अघि अर्यालसँग बयान लिएको थियो । पूर्व आईजीपी अर्यालले पदीय दुरुपयोग गरी झण्डै पाँच करोड रुपैयाँ अकुत (गैर कानुनी सम्पत्ति) आर्जन गरेको दाबीसहित परेको उजुरीमा अख्तियारले छानबिन सुरु गरेको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अख्तियार स्रोतका अनुसार अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि पुनः उनलाई बोलाएर अर्को बयान लिई अनुसन्धान गर्ने तयारी भएको छ ।

पूर्वआइजीपी अर्यालले हुन्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको उजुरीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अर्यालले सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकमले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियार स्रोतले बतायो ।

अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ ।

अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको स्रोतले बतायो ।

प्रहरीको लत्ता कपडा र रासन खरिदमा समेत ठेकेदारबाट अर्यालले एक पूर्व एआईजी मार्फत करोडौं कमिसन बुझेको पनि अनुसन्धानका क्रममा खुलेको अख्तियार स्रोतको दावी छ ।