२९ आश्विन २०८३, बिहिबार

एक अर्बको अगरबत्ती कच्चापदार्थ आयात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aagarbattiपथरी, १४ मंसिर । मोरङमा प्रत्येक वर्ष एक अर्बको अगरबत्ती बनाउने कच्चापदार्थ आयात हुने गरेको छ ।

देबेनरा अगरबत्ती उद्योगका सञ्चालक बेनीगोपाल मुन्दडाका अनुसार राम्रो सम्भावना भए पनि अगरबत्ती आयात गर्नुपर्ने बाध्यता छ । धनाढ्य परिवार र  सम्पन्न मन्दिरमा भारतका उत्तरप्रदेश, दिल्ली, कर्णाटक, गुजरात, राजस्थानलगायत स्थानबाट अगरबत्तीको कच्चापदार्थ ल्याइने गरिएको बताइएको छ ।

भारतमा उद्योगलाई दिइने विभिन्न अनुदान, सहयोगले उत्पादन लागत कम हुने तर नेपाली उद्योगले उत्पादन गर्दा लागत बढी पर्ने हुँदा उपभोक्ताले सस्तो अगरबत्तीको प्रयोग गर्ने गरेको मुन्दडाको भनाइ छ ।