१४ कार्तिक २०८३, शनिबार

प्रहरीभित्र यति ठूलो कार्य, अपराध लुकाउन भयो नसोचेको काम

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ ।

सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित हेडक्वार्टरको स्टोर कोठामा पुस ३ गते बिहान २ बजेतिर आगलागी भएको थियो ।

सो घटनाबारे अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय प्रहरी अपराध महाशाखाले सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउने उद्देश्यले सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्केर आगो लगाएको निष्कर्ष निकालेको हो ।

सशस्त्रमा सामान ढुवानी शीर्षकमा नक्कली बिल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा लेखा शाखामा कार्यरत हवल्दार श्रेष्ठले समेत ढुवानीको नाममा पेस्की रकम लिएर अनियमितता गरेको देखिएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो ।

बयानपछि अख्तियारले ढुवानीसम्बन्धी फाइल मगाएको थियो । प्रहरी अनुसन्धानमा उनले सोही फाइलका प्रमाण नष्ट गर्न आगो लगाएको खुलेको छ ।