१ कार्तिक २०८३, आइतबार

प्रचण्डले सुशीललाई बधाई दिएपछि बालुवाटारको बैठक सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil and parchandaकाठमाडौँ, १३ मंसिर ।  प्रधानमन्त्री निवास बालुवाटरमा बसेको काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ ।

संविधान निर्माणमा देखिएको गतिरोधको गाँठो फुकाउन शनिबार बसेको ती दलको बैठक निष्कर्षबिहीन अन्त्य भएको हो । शनिबारको बैठकमा पनि दलहरुले पुरानै अडान दोहो¥याएका थिए ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख तीन दलको बैठक बसेर विवादित विषयमा सहमति जुटाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

एमाओवादी अध्यक्ष प्रचण्डले भने प्रमुख तीन दलको बैठकमा मधेस केन्द्रित दललाई समेत सहभागी गराउन आग्रह गर्नुभएको थियो ।

बैठकमा भर्खरै सम्पन्न सार्क सम्मेलनको सन्र्दभमा पनि कुराकानी भएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले सार्क सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको भन्दै प्रधानमन्त्री कोइरालालाई बधाई दिनुभएको थियो ।