२ कार्तिक २०८३, सोमबार

यी हुन् प्रदेश नम्बर ४ मा समानुपातिकबाट सांसद बन्ने भाग्यमानीहरु

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । निर्वाचन आयोगले प्रदेशसभाका लागि समानुपातिक सिट बिभाजन गरेपछि दलहरूले सांसद छान्न आन्तरिक तयारी थालेका छन् ।

निर्वाचन आयोगले सात दिनभित्र नाम पठाउन राजनीतिक दलहरूलाई पत्रचार गरेपछि सांसद बन्ने उमेदवारहरूको संभावित नामहरू चर्चामा आएका छन् ।

प्रदेश नं. ४ मा समानुपातिकतर्फ जनजातिले ४२.३७५ प्रतिशत सदस्य पाउने छन् । खसआर्यले ३७.२४५ प्रतिशत सदस्य पाउने भएका छन् ।

दलितले १७.४४५ मुस्लिमले ०.७१५ र मधेशी समुदायको ०.५२५ प्रतिशत प्रतिनिधित्व हुने ब्यबस्था छ ।

एमालेले समानुपातिकतर्फ १० सांसद पाउने भएको छ । जनजातिमा ४ जना सांसद हुनेछन् । विजय गुरुङ (पर्वत), मित्रकुमारी गुरुङ सुवेदी (कास्की), सावित्री राना (बाग्लुङ) र मीना गुरुङ (कास्की) समानुपातिक सांसद हुने स्रोतले जनाएको छ ।

खसआर्यबाट मायानाथ अधिकारी (लमजुङ), सिर्जना शर्मा (कास्की), प्रभा कोइराला (कास्की) र पुष्पा केसी भण्डारी (कास्की) सांसद बन्ने संभावना छ ।

दलिततर्फ गोविन्दबहादुर नेपाली (पर्वत) र लक्ष्मी सुनार (नवलपरासी) बाट सांसद बन्ने एमाले उच्च स्रोतले जनाएको छ । जुना देवी नेपाली महिलाको दोस्रो नम्बरमा छिन् । उनको सम्भावना निकै कम रहेको जनाइएको छ ।

प्रदेश नं. ४ मा नेपाली कांग्रेसले ९ जना समानुपातिक सांसद बनाउन पाउनेछ । त्यसमध्ये जनजातिमा ४ जना सांसद हुनेछन् । मेखलाल श्रेष्ठ (स्याङ्जा), हरिबहादुर घले (गोरखा), ललितकला गुरुङ (पर्वत) र सरिता गुरुङ (तनहुँ) सांसद बन्ने संभावना छ । खसआर्यमा मणिभद्र शर्मा कँडेल (बाग्लुङ), ओमकला गौतम (नवलपरासी), सरस्वती तिवारी (स्याङ्जा) कांग्रेसबाट सांसद हुनेछन् । दलिततर्फ दोबाटे विश्वकर्मा (तनहुँ) र कोपिला बोहरा (स्याङ्जा) सांसद बन्ने स्रोतको भनाइ छ ।

माओवादी केन्द्रबाट ३ जना सांसद हुनेछन् । जनजातिबाट गायत्री गुरुङ (पर्वत) सांसद बन्ने छिन् । खसआर्यबाट मधुमाया अधिकारी गुरुङ (लमजुङ) तथा दलितबाट दिलमाया रोकामगर गौतम (बाग्लुङ) सांसद बन्नेछन् ।

नयाँ शक्ति पार्टी नेपालमा धनमाया लामा पोखरेल (गोरखा) तथा जनमोर्चाबाट जनजातिबाट पियारी थापा (बाग्लुङ) सांसदसद बन्ने स्रोतको भनाइ छ ।