काठमाडौँ, १३ मंसिर । बालुवाटार क्रिकेट क्लब ट्रेनिङ सेन्टरको आयोजनामा भएको कार्निभल टुर्नामेन्टको अन्डर–१२ र अन्डर–१५ का उत्कृष्ट खेलाडीलाई शनिबार सम्मान गरिएको छ ।
यही मङ्सिर ८, ९ र १० गते भएको टुर्नामेन्टमा १२ वर्षमुनि उमेर समूहको प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्सम्यान’ मोहम्मद फाहिद, उत्कृष्ट ‘बलर’ सूर्य लामा र ‘म्यान अफ र सिरिज’ को उपाधि विकास यादवलाई प्रदान गरियो ।
यसैगरी १५ वर्षमुनिको उमेर समूहको प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्सम्यान’ प्रदीप मल्ल, उत्कृष्ट ‘बलर’ विवेक यादव र ‘म्यान अफ द सिरिज’ को उपाधि निमेश घिमिरेलाई प्रदान गरियो ।
अन्डर–१२ प्रतियोगिताको उपाधि रङ्गर्स समूहले जित्यो भने उपविजेता ड्रागन समूह भयो । यस्तै अन्डर–१५ प्रतियोगिताको विजेता बर्डमन्स समूह बन्यो भने गवास्कार समूह उपविजेता भयो ।
खेलाडीलाई सम्मानपछि क्लबका अध्यक्ष उपेन्द्रप्रसाद भट्टराईले खेलाडीको मनोबल बढाउँदै भन्नुभयो, ‘तपार्इंहरू खेल्दै जानुस्, प्लेटफर्म तयार गर्ने जिम्मा हाम्रो हो ।’ क्लबका क्षेत्रमा रहेको क्रिकेट अभ्यास मैदान उहाँले उपलब्ध गराउनुभएको हो ।
कार्यक्रममा नेपाल क्रिकेट सङ्घ क्यानका पूर्व सदस्य तारकमणि दीक्षित, पाइलट नृपेन्द्र भट्टराई र नगेन्द्र भट्टराई, राष्ट्रिय क्रिकेट टिमका खेलाडी सुवास खकुरेल, पृथु बाँस्कोटा, नरेशबुद्ध ऐयर, सङ्गीता गौचन र सरिता थापामगरले क्रिकेट खेलमा नेपालले प्रगति गर्दै गइरहेको र यसको विकासका लागि सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो । रासस













प्रतिक्रिया