सुरुङ्गा (झापा), १३ मंसिर । दक्षिणी झापाको कुमरखोदमा धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कुमरखोद–५ निवासी ३५ वर्षीया शान्ता चौंलागार्इं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आफ्नै घरमा थ्रेसर लगाएर धान झार्दै गर्दा उनलाई गएराति थ्रेसरले च्यापेको र उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
थ्रेसरले बायाँ हात र खुट्टा च्यापेपछि गम्भिर घाइते भएकी चौंलागाईंलाई उपचारका लागि विर्तामोडस्थित विर्ता सिटी अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौलागार्इंको मृत्यु भएलगत्तै थ्रेसर धनी स्थानीय दीनानाथ तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस















प्रतिक्रिया