१ कार्तिक २०८३, आइतबार

भारतीय दर्शनार्थीले गढीमाईमा पशुको बलि चौरमा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadimaiवीरगन्ज, १३ मंसिर । भारतको सर्वोच्च अदालतले पशु बलि चढाउनका लागि रोक लगाएपछि सीमावर्ती भारतीय बजारका दर्शनार्थीले सीमा क्षेत्रमा नै पशुको बलि दिएका छन् ।

गढीमाईको दर्शनका लागि र पशु बलिका लागि भन्दै आएका सयौँ दर्शनार्थीलाई भारतीय प्रहरी एसएसबीले सीमामा रोकेपछि उनीहरुले गढीमाईको नाउँमा स्थानीय खुला चौरमा नै आफूले ल्याएको पशुको बलि दिई त्यही चौरमा मासु पकाई खाएका छन् ।

गढीमाई मेलामा जान नपाएपछि भाकल गरिएका कारण पशुलाई घर नलगि यही बलि दिइएको भारत नरकटियागन्जका स्थानीय रामएकवाल साहले गुनासो गरे ।

अदालतले पशु बलिमा रोक लगाएको कुरा थाहा नपाएका धेरैजसो भक्तजन बाध्य भएर गढीमाईको नाउँमा खुला चौरमा पशु राँगा, बोकाको बलि दिएर फर्कन बाध्य भएको पनि बताइएको छ ।

विशेष गरी सिकटा, नरकटियागन्जलगायतका स्थानमा उनीहरुले चौरमा नै बलि दिई घर फर्किएका छन्  ।

यसअघिका वर्षमा गढीमाईमा भारतबाट पशु बलिका लागि हजाराँै दर्शनार्थी आउने गर्दथे ।