१४ कार्तिक २०८३, शनिबार

वडाध्यक्ष तामाङका चार स्थानमा यौनगृह सञ्चालन

18.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १० पुस । महिला बेचबिखनको आरोमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङले भारतका विभिन्न ४ स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार घ्याङफेदीस्थित वडाध्यक्षकै कार्यालयबाट पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रहरीले पक्राउ गरेलगत्तै नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का तीन जना पीडित महिलाले उनीविरुद्ध सिआईबीमा जोहरी दिएका छन् ।

सिआईबीका प्रमुख डिआईजी पुस्कर कार्कीले सुनबहादुर मानव बेचबिखनको मुद्दामा पक्राउ परेको बताए । उनी दुप्चेश्वर वडा नम्बर १ का वडाध्यक्ष भएको उनले बताए ।

प्रहरीका अनुसार तामाङले भारतको नयाँ दिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोनागार्छे १५, कोलकत्ता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् ।

उनको दिल्लीमा ३५, सोना गार्छेमा २७ कोलकत्तामा १५ र मुम्बईमा ८ जना युवतीहरू छन् । पीडितको बयानका आधारमा सबै कोठी उनकी श्रीमती राधा तामाले चालाइरहेकी छन् ।