१ कार्तिक २०८३, आइतबार

कैलाली दुर्घटनाका मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailaliधनगढी, १३ मंसिर । कैलालीको सहजपुर– २ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ ।

धनगढी–डडेलधुरा भीमदत्त राजमार्गअन्तर्गत सहजपुर– २ मा शुक्रबार मध्यराति भएको दुर्घटनामा  १२ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी डोटी जिल्ला दौड– १ की ३० वर्षीया तिपरी नागरी, वडा नम्बर २ की ५० वर्षीया बिस्ना भण्डारी, डोटीकै गोबुढा– ४ का ३२ वर्षीय प्रेम विक, दौड– १ का ४० वर्षीय रिनुवा नागरी र उनकी श्रीमती ३० वर्षीया तुल्सी नागरी, वर्ष ३५ का बीरे लुहार र दौड– ४ का अन्दाजी ३५ वर्षका टेकबहादुर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बस दुर्घटनामा परी घटनास्थलमै आठजनाको र उपचारका क्रममा बाँकीको मृत्यु भएको हो ।

दुर्घटनाका घाइतेमध्ये नौजनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये नौजनालाई पद्मा अस्पतालमा, १३ जनालाई सेवा नर्सिङ होम अत्तरिया (कैलाली)मा भर्ना गरिएको छ ।

सातजनालाई थप उपचारका लागि भारतको हल्व्दानीतर्फ पठाइएको छ । बसमा ४० यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

डोटीबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५४२० नम्बरको महाकाली यातायातको बस सडकबाट झन्डै १ सय ५० मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

बस दुर्घटनामा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ ।