१ कार्तिक २०८३, आइतबार

दरवाङ–तमान सडक अझै अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-bazarबागलुङ, १३ मंसिर । बागलुङको तमानलाई म्याग्दीसँग जोड्ने सडक गत जेठदेखि अवरुद्ध छ ।

वर्षाले ठाउँ–ठाउँमा गएको पहिरो पन्छाउनेदेखि सडक मर्मत सम्भारको काम नहुँदा यातायात चलेको छैन ।

२३ किलोमिटरको दरवाङ–ओखरबोट–तमान सडक चलाउन कसैले तत्परता देखाएको छैन ।

म्याग्दी जिल्ला भएर तमान, खुङ्खानी, बोङ्गादोभानलगायतका गाविस पुग्न छरितो हुने सडक नखुलेपछि स्थानीयवासी समस्यामा छन् ।

पाँच वर्षअघि गाउँलेकै लगानीमा बनेको सडकको स्तरोन्नति हुन सकेको छैन ।

वर्षायाममा सधँ सडक रोकिने गरेको मोटरबाटो समितिका अध्यक्ष तिलक बुढाले बताए ।

म्याग्दी खण्डतिरबाट बाटो मर्मत सुरु गरिए पनि बागलुङतिरको करिब १३ किलोमिटर सडक मर्मत गर्ने बजेट नभएको अध्यक्ष बुढाको भनाइ छ ।

बुर्तिवाङको बाटो जाँदा एक हजार १०० भाडा तिरेर गाडीको यात्रा र थप दुई घण्टाको पैदल दूरीपछि तमान गाउँ पुगिन्छ । जबकि, दरवाङको बाटो भएर जाँदा त्यसको आधा मूल्यमै तमान पुग्न सकिन्छ ।