काठमाडौं, ९ पुस । सर्वाेच्च अदालतले टीकापुर घटनामा मुख्य अभियुक्त भई फरार रहेका रेशम चौधरीको मुद्दामा अन्तिम फैसला सुनाएको छ ।
आइतबार न्यायाधीश टंकप्रसाद मोक्तानको एकल इजलाशले प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरी फरार अभियुक्त भएकाले वारेसमार्फत विजयी भएको प्रमाणपत्र लिन नपाउने फैसला सुनाएको हो ।
यसअघि अदालत प्रशासनले चौधरीका तर्फबाट वारेसमार्फत प्रमाणपत्र पाउँ भनी आएको रिट निवेदन दरपीठ गरेको थियो । सो निर्णयलाई आजको इजलाशले सदर गरेपछि चौधरीले वारेसमार्फत प्रमाणपत्र लिन नपाउने भएका हुन् । अब प्रमाणपत्र लिन उनी आफै उपस्थित हुनुपर्नेछ । आफै उपस्थित भए प्रहरीले पक्राउ गर्नेछ ।















प्रतिक्रिया