काठमाडौं, ९ पुस । कालिकोटमा प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिनका लागि सरकारले टोली गठन गरेको छ । शुक्रबार प्रहरीसँगको झडपमा मयादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि गृहमन्त्रालयले शनिबार छानबिन समिति समेत गठन गरेको हो ।
गृहका सहसचिव डा. मान बहादुर बिश्वकर्मा संयोजकत्वमा गठित छानबिन समितिमा समितिमा नेपाल प्रहरीका डिआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डिआईजी प्रबीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ छन् ।
समितिलाई एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुुझाउन म्याद दिइएको गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए ।
यसैगरी, गृहमन्त्रालयले ज्यान गुुमाएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । झडपमा घाइते भएकाहरुको समेत निःशुल्क उपचार गर्ने निर्णय गृहले गरेको छ ।
सेवा सुविधाको विषयलाई लिएर शुक्रबार म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो ।















प्रतिक्रिया