काठमाडौँ । कुकुर वास्तवमै मानिसको निकै नजिकको साथी बन्न सक्छ । कुकुरले सधैँ आफ्ना मालिकको आज्ञा मान्ने भएकाले पनि कुकुरको इमान्दारिताको कदर गर्ने गरिन्छ । त्यसैले मानिसहरुबीचमा कुकुर निकै लोकप्रिय घरपालुवा जनावर हो । तर के कुकुर पाल्नु स्वास्थ्यको लागि उपयोगी छ त?
स्वीडिस अनुसन्धानका अनुसार कुकुर पाल्नाले मालिकको हृयद रोगको जोखिम कम हुन्छ । ४० देखि ८० वर्षसम्मका ३४ लाख मानिसहरुमा गरिएको अनुसन्धानमा कुकुर पाल्नाले हृदय रोगको जोखिम २३ प्रतिशतले कम हुने देखिएको हो । १२ वर्ष लगाएर गरिएको सो अनुसन्धानले कुकुर पाल्दा कुनै पनि स्वास्थ्य समस्याले मृत्यु हुने जोखिम २० प्रतिशतले कम हुने पाइएको छ । कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव (डिप्रेशन)बाट मुक्त हुन्छन् ।
कुकुर मालिकहरु अन्य भन्दा बढि शारीरिक रुपमा सक्रिय हुनुका साथै उनीहरुमा कोलेष्ट्रोलको लेभल कम हुन्छ । विभिन्न अनुसन्धानका निष्कर्शहरुलाई आधार मान्दै सन् २०१३ मा अमेरिकन हर्ट एशोसिएशनले कुकुर पाल्नु हृदय रोगको जोखिम कम हुनुसँग सम्बन्धीत रहेको हुन सक्ने बताएको थियो । अन्य जनावर पाल्ने भन्दा कुकुर पाल्ने मानिस शारीरिक रुपमा तन्दुरुस्त हुन्छन् । तन्दुरुस्त तथा शारीरिक रुपमा सक्रिय रहेका मानिसहरुले नै कुकुर पाल्छन् । किनकी कुकुरलाई डुलाउन लजाने तथा कुकुरसँग खेल्न मानिसहरु रुचाउँछन् ।
अध्ययनले एक्ले बस्ने मानिसहरुले कुकुर पालेमा यसको सकारात्मक प्रभाव उनीहरुमा बढि रहने देखाएको छ । फेरी कुकुर पाल्ने तर अस्वस्थ्यकर खानाकुरा खादैँ कुकुर खेलेको मात्रै हेर्नाले हृयद रोग जोखिम भने कम गराउँदैन । कुकुरसँगै आफू पनि सक्रिय हुनु आवश्यक छ । त्यस्तै खेलैना कुकुरहरु हेर्दा राम्रो देखिएलान् तर तिनीहरुको प्रभाव हाम्रो स्वास्थ्यमा पर्दैन ।
(लुइसा डिलनर/द गार्डियन)















प्रतिक्रिया