१ कार्तिक २०८३, आइतबार

इलाममा सत्ताइस जनाको आँखाको शल्यक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eyeइलाम, १३ मंसिर । इलाम जिल्लाको पश्चिमी दुर्गम गाविस गजुरमुखीमा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा ७२७ जनाको आँखाको परीक्षणका साथै २७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी देउमाई उपशाखा, पोखरी कृषि सहकारी संस्था लुम्देलगायत एक दर्जनभन्दा बढी सङ्घसंस्थाको आयोजनामा भएको शिविरमा उपचार गराउन आर्थिक अभाव भएर घरमै अन्धोपन भएर बसेका २७ जना मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो ।

मेची आँखा अस्पताल अनारमनी झापाको प्राविधिक सहयोग तथा स्थानीय सङ्घसंस्थाको आर्थिक सहयोगमा गजुरमुखीको उपस्वास्थ्य चौकीमा आयोजित स्थानीयस्तरका विद्यालयका ५०० भन्दा बढी विद्यार्थीको पनि निःशुल्क परीक्षण गरिएको थियो ।

शिविरमा मेची आँखा अस्पतालका चिकित्सक प्रभा बस्नेत, मेमलाल राजवंशीलगायत नौ चिकित्सकको सहभागिता रहेको थियो ।