२ कार्तिक २०८३, सोमबार

योगेशलाई असहयोग गर्ने मेयर एमालेबाट निष्काशित

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, ९ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै नेकपा एमाले ताप्लेजुङले फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललाई पार्टीबाट निष्कासित गरेको छ ।

शनिबार बसेको जिल्ला कमिटि बैठकले प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

यस्तै जिल्ला कमिटि सदस्य तथा पूर्व सांसद भुपेन्द्र थेवे र उनकी पत्नी तथा सिरिजंघा गाउँपालिका–१ का वडाध्यक्ष उर्मीला थेवेलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको साम्सोहाङले वताए ।

यो बैठकमा कारबाही गरिएका तीनैजना उपस्थित थिएनन् । ‘बैठकमा उहाँहरुलाई बोलाएका थियौँ, तर आउनु भएन’, साम्सोहाङले भने । निष्काशित भएका तीनैजना जिल्ला कमिटि सदस्य हुन् । ताप्लेजुङबाट एमाले केन्द्रीय सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा र साम्सोहाङ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।