२ कार्तिक २०८३, सोमबार

प्रदेश ६ का भावी मुख्यमन्त्रीलाई खेलाडीले दिए बधाई, खेलकुदलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । प्रदेश नम्बर ६ का भावी मुख्यमन्त्रीका रुपमा हेरिएका प्रदेश सांसद नरेश भण्डारीले खेलकुदको विकास आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित मैत्रीपूर्ण फुट्सल खेलको उद्घाटन गर्दै सांसद भण्डारीले प्रदेश नम्बर ६ मा खेलकुदका गतिविधिलाई उच्च प्राथमिकता दिइने बताए । ‘अब हाम्रो प्रदेशमा खेलकुद गतिविधि द्रुत गतिमा अघि बढ्छन् । रंगशाला, कभर्ड हलहरु छिट्टै निर्माण हुन्छन्,’ उनले भने ।

कार्यक्रममा सांसद भण्डारीलाई जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ५ का खेलाडीहरुले प्रदेशसभामा निर्वाचित भएकोमा बधाई दिँदै मुख्यमन्त्री बन्न शुभकामना दिएका थिए । भलिबलका अन्तर्राष्ट्रिय प्रशिक्षक पूर्ण चौलागाईंले सांसद भण्डारीलाई खादा लगाएर खेलाडीका तर्फबाट बधाई दिए । त्यसक्रममा सांसद भण्डारीले ६ नम्बर प्रदेशले खेलकुदमा ठूलो इज्जत राखेकोमा खेलाडीहरुको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रिय खेलाडीहरु लक्ष्मीप्रसाद खत्री, लक्ष्मीप्रसाद चौलागाई, दीपेन्द्र हमाल, किरण चौलागाई, जीवन उपाध्याय, तिलक नेपाली, कृष्ण खत्री लगायतको उपस्थिती थियो ।