२ कार्तिक २०८३, सोमबार

ध्यानले परीक्षाको समयमा विद्यार्थीको मानसिक स्वास्थ्य सुधार गर्नेः अध्ययन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । ध्यान गर्नाले विद्यार्थीहरु परीक्षाको समयमा मानसिक तनावबाट मुक्त हुने एक अध्ययनले देखाएको छ । ध्यान विशेषगरी परीक्षा दिने विद्यार्थीहरुको मानसिक स्वास्थ्य सुधार गर्न निकै उपयोगी हुने सो अध्ययनले देखाएको हो ।

क्याम्ब्रिज युनिभर्सिटीले आफ्ना ६ सय विद्यार्थीहरुमा गरेको अध्ययनले परीक्षाको ८ हप्ता अगाडीको समय ध्यानको तालिम लिएमा विद्यार्थीहरु मानसिक समस्याबाट बच्नुका साथै उनीले परीक्षामा राम्रो गर्न सक्ने समय देखाएको छ । युनिभर्सिटीका विद्यार्थीहरुमा यसको डिमाण्ड निकै रहेको अध्ययनले देखाएको छ ।

अध्ययनमा विद्यार्थीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो । एक समूहले ध्यानको पूर्ण तालिम लिएको थियो भने अर्को समूहले लिएन । ध्यान गर्ने विद्यार्थीहरुको परीक्षामा नगर्नेको भन्दा ३ गुणा बढि राम्रो नतिजा आएको थियो । ध्यान गर्ने विद्यार्थीहरु परीक्षाको निकै तनावपूर्ण समयमा पनि शान्त देखिएको अध्ययनको निश्कर्षमा भनिएको छ । ध्यानमा संलग्न नभएका विद्यार्थीहरु शैक्षिक वर्ष अघि बढ्दै जाँदा झनै तनावपूर्ण बनेका थिए ।

क्याम्ब्रिजको मनोचिकित्सा विभागका प्राध्यापक पिटर जोन्सका अनुसार ध्यानले तनावमा रहेका जोहीलाई पनि तनावबाट मुक्त हुन मद्यत गर्ने बताए । उनले भने, ‘ध्यानले दिने नतिजा मानसिक तनावबाट मुक्त हुने अन्य उपायका नतिजासँग मिल्दाजुल्दा छन् । तर पनि ध्यान अन्य उपाय भन्दा निकै उपयोगी छ । यो लोकप्रिय, विश्वासिलो, सजिलो तथा झन्झट रहित छ ।’

मष्तिस्कलाई वर्तमानमा केन्द्रित गराउने ध्यानका तालिमले चिन्ता र डिप्रसेनलाई कम गर्दछ । तर हाम्रो समाजमा ध्यान गर्ने विद्यार्थी कम भएकाले यसको प्रभावकारीतालाई हाम्रो समाजमा नजरअन्दाज गर्ने गरिन्छ ।