२ कार्तिक २०८३, सोमबार

नवलपरासीमा जिल्ला स्तरीय तेकवान्दो सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विरः आनन्द पोखरेल/चितवन

गैंडाकोट, ७ पुस । राष्ट्रिय तेकवान्दो संघ जिल्ला शाखा नवलपुरले पहिलो पटक आयोजना गरेको जिल्ला स्तरीय खुला तेकवान्दो च्याम्पियनशीपमा विभिन्न ३१ वटा डोजाङहरु सहभागी भएका छन् ।

नवलपुरको गैंडाकोटमा आयोजना गरिएको प्रतियोगितामा नवलपुर क्षेत्रका १४ वटा डोजाङ र चितवनका १७ वटा डोजाङका तीन सय खेलाडीहरु प्रतिस्पर्धामा रहेका छन् । प्रतियोगितामा महिला तर्फ २५ देखि ४९ किलो तौल समूहसम्म र पुरुषतर्फ २० देखि ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र बेस्ट फाइटर हुने व्यक्तिका साथै डोजाङलाई समेत मेडल, ट्रफी र प्रभाणपत्र प्रदान गरिने राष्ट्रिय तेकवान्दो संघ नवलपुर शाखाका अध्यक्ष कुसुम सुवेदीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शनिबार सेमी फाइलन र फाइनलका खेल हुने राष्ट्रिय तेकवान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले बताए । शनिबारका लागि ५० जना खेलाडीहरु छनौट भएका श्रेष्ठको भनाइ छ । प्रतियोगिताको उद्घाटन गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कंडेल, वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेल, जिल्ला खेलकुद विकास समिति नवलपरासीका अध्यक्ष लक्ष्मण कार्कीलगायतको सहभागिता रहेको थियो ।