२ कार्तिक २०८३, सोमबार

प्रचण्डकी बुहारी विना मगर मन्त्री बन्दै, माओवादीबाट को को सहभागी हुँदैछन् सरकारमा ?

13.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– हरिश चन्द्र बाग

कञ्चनपुर, ६ पुस । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विना मगर आगामी वाम सरकारमा मन्त्री बन्ने देखिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुन गइरहेको मन्त्रिपरिषदमा कञ्चनपुर १ बाट दोब्बरभन्दा बढी मतान्तरले निर्वाचित सांसद एवं माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य विना मगर मन्त्री बन्ने लाइनमा रहेको स्रोतले जनाएको छ । विना अहिले पति प्रकाश दाहालको निधनले शोकमा छिन् । उनलाई मन्त्री बनाउन ससुरा एवं पार्टीका अध्यक्ष प्रचण्डले समेत चासो दिइरहेको बुझिएकोृ छ ।

स्रोत भन्छ, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए प्रचण्ड बुहारी विना मगर मन्त्री बन्ने सम्भावना न्युन थियो तर अब एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने प्रायः निश्चित भएसंगै माओवादी केन्द्रबाट विना मगर मन्त्री बन्ने पक्का भएको छ ।’

माओवादी केन्द्रकी नेतृ विना मगर पतिसोकमै रहेका बेला कञ्चनपुर १ बाट भारी मतान्तरले निर्वाचित भइसकेपछि कञ्चनपुरका मतदाताले विना मगर शक्तिशाली मन्त्री भएको हेर्न चाहेको इच्छा प्रकट गर्दै आएका छन् ।

यसैबीच माओवादी केन्द्रका एक नेताले बताए अनुसार रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित वर्षमान पुनको नेतृत्वमा माओवादी केन्द्र ओली नेतृत्वको सरकारमा पठाउने तयारी भइरहेको छ । माओवादी नेता पुनलाई पार्टीले उपप्रधानमन्त्री सहित गृह मन्त्रालयको जिम्मेवारीमा पठाउन लागेको गोप्य स्रोतले बताएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट अन्य महिला नेतृमध्ये पार्टी प्रवक्ता पम्फा भुसाल र नेतृ कमला रोका समेत मन्त्रीपरिषदमा अटाउने भएका छन् । माओवादी केन्द्रबाट अनुभवी नेता देव गुरुङ, अग्नी सापकोटा, चक्रपाणी खनाल, हितबहादुर तामाङ, सुरेशकुमार राई र अमनलाल मोदी लगायत पनि मन्त्रीपरिषदमा छानिने लगभग पक्का भएको स्रोतले जनाएको छ ।