२९ आश्विन २०८३, बिहिबार

सानिमा बैंकद्वारा रक्तदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanima-bankनेपालगन्ज, १२ मंसिर । सानिमा बैंक लिमिटेडको १० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गर्‍यो ।

बैंकको नेपालगन्जस्थित शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा शाखा प्रबन्धक अङ्कित खनाल, सहायक शाखा प्रबन्धक विनय गौतम, सञ्चालन इन्चार्ज विनोद कुँवरलगायत २७ जनाले रक्तदान गरेका थिए । नेपाली सेनाका पाँचजनाले पनि रक्तदान गरेका थिए ।

सो बैंकले नेपालको बैङ्किङ क्षेत्रमै सबैभन्दा कम निस्क्रिय कर्जा शून्य दशमलव शून्य पाँच प्रतिशतमा झारेको शाखा प्रबन्धक खनाल बताउनुहुन्छ ।

यसैगरी बैंकले निक्षेप, कर्जा, रेमिट्यान्स, लकर, एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैङ्किङ, ड्राफ्ट, टिटीलगायतका सेवा प्रवाह गर्दै आएको छ भने व्यावसायिक तथा व्यक्तिगत कर्जा, महिला उद्यमी कर्जा तथा पशुपालन कर्जा सहुलियत व्याजदरमा लगानी गर्दै आएको छ ।