१ कार्तिक २०८३, आइतबार

चमेलियाले जनवरी ५ बाट नियमित विद्युत उत्पादन गर्ने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ५ पुस । ७ नं. प्रदेशको सबैभन्दा ठुलो र चर्चामका रहेको चमेली जलविधुत आयोजनाको केही दिनभित्रै नियमित विद्युत उत्पादन शुरु हुने भएको छ ।

दार्चुला जिल्लाको बँलाचमा निर्माणाधिन आयोजनाको बाँधको तल्लो सिभिल संरचनाको मर्मत सकिन लागेकाले अगामी जनवरी ५ गतेबाट नियमिति विद्युत उत्पादन गर्न लागिएको आयोजनाका प्रमुख अजयमुकार दाहालले जानकारी दिए ।

यसअघि मंसिर दोस्रो साताबाट व्यापारिक उत्पादन सुरु गर्ने भनिए पनि बाँधको ढोका पूर्ण रूपमा बन्द नहुँदा समस्या देखिएको आयोजनाले जनाएको छ ।

सामुदायीक रेडियो अमरगढीको प्रभातकालिन कार्यक्रम आर्थिक बहसमा सोमबार कुराकानी गर्दै आयोजना प्रमुख दाहालले दुई दिनभित्र बाँधको गेटको मर्मत पूरा गरेर सुरुङमा पानी भरिने जानकारी दिए ।

सुरुङमा पानी भरिएपछि परीक्षण उत्पादन शुरु गरिने छ । परीक्षण उत्पादन पूरा गरेर एक महिनाभित्रमा नियमित व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दाहालको दाबी छ ।

निर्माण थालेको ११ वर्षपछि चमेलिया जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिन लागेको हो । आयोजनाको विद्युत जोडिने बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन प्राधिकरणले चार्ज गरिसकेको छ ।

अहिले सिङ्गल सर्किटमा चार्ज गरिएको प्रसारण लाइनको डबल सर्किट निर्माण गर्न ठेकेदार छनोट भइ प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख दाहालले बताए ।

निर्माण कार्यको ठेक्का पाएको चिनिया ठेकेदार कम्पनीसँगको असमझदारी, सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्याका कारण आयोजना पूरा हुन ११ वर्ष लागेको उनले बताए ।

निर्माण अवधि बढेसंगै आयोजनाको लागत पनि बढेर करिब दोब्बर भन्दा बढि खर्च भइसकेको छ । सन २०११ मे महिनाभित्रै सम्पन्न हुने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको लागत अनुमान ८ अर्ब ६० करोड रहेकोमा हालसम्म १६ अर्ब ६० करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।