५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको बाजुरा शाखाको मार्तडीमा उद्घाटन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । एन आई सी एशिया बैंकले अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने रणनीति अन्तरगत यस बैंक र ग्प्बष्म को लगानीमा सञ्चालित सक्षम ब्अअभकक तय ँष्लबलअभ सँगको सहकार्यमा बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा साउन २२ देखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको आज (मंगलबार) नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको प्रमुख अतिथ्यता आयोजित एक समारोहका बिच बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालबाट विधिवत् समुद्घाटन सम्पन्न भएको छ ।

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाइएको यस सहकार्यबाट एनआईसी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ । यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । सक्षम युकेएडद्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।

समुद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ्ग पहुँच अभिबृद्धि गर्ने कार्यमा सक्षम तथा एन आइ सी एसिया बैंकको साझेदारी सहितको यस कार्यक्रमले सम्पुर्ण क्षेत्रमा बैंकको पहुँच पुर्याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिलाई थप सहज बनाएको धारणा राख्नुभयो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बाजुरा शाखाको समुद्घाटन सँगै हाल यस बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट ग्राहकमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजारक्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।