१ कार्तिक २०८३, आइतबार

उन्नाइसौँ सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९औँ शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा हुने भएको छ ।

मंसिर १० र ११ गते काठमाडौंमा आयोजना भएको सार्कको १८औँ शिखर सम्मेलनको समापनका अवसरमा आज सो जानकारी दिइएको हो ।

समारोहमा १९आँै शिखर सम्मेलन गर्ने अवसर पाएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तेस्रोपटक सार्क शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको पाकिस्तानमा यसअघि सन् १९८८ डिसेम्बर २९–३१ मा चौथो र सन् २००४ जनवरी ४–६ मा बाह्राँ शिखर सम्मेलन सम्पन्न भएको थियो ।