काठमाडौं, ३ पुस । एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले रू. १ हजार अंकित दरका ३० लाखकित्ताले हुनआउने रू. ३ अर्ब बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न मंसिर २९ गते स्वीकृति दिएको छ । सो ऋणपत्रको बिक्रीप्रबन्धकमानबिलइन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
बैंकका अनुसार रू. ३ अर्बको ऋणपत्रको ८० प्रतिशत (अर्थात रू. २ अर्ब ४० करोड) व्यक्तिगत तवरमार्फत र २० प्रतिशत (रू. ६० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरिनेछ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्ध वार्षिक रूपमा ब्याज भुक्तानी गरिने ऋणपत्रको अवधि ७ वर्ष हुने र आगामी माघ ४ देखि १२ गते सम्म ७ कार्यदिनको सूूचना दिई तत्पश्चात माघ १३ देखि १७ गते सम्म ऋणपत्रको बिक्री खुल्ला गरिने छ ।
सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले “[ICRANP] LA – ” (LAमाइनस) रेटिङ्गप्रदान गरेको छ, जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिमहो । साथै, यस बैंकलाई इक्रा नेपाल लिमिटेडले “[ICRANP-IR] A- ” (Aमाइनस) (ICRA NP Issuer Rating A Minus) रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरिएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो ।
ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE)मा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको Debt Market को विकासको लागि एक महत्वपूर्ण Milestone हुने बैंकले विश्वास लिएको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि एक विरलै प्राप्त हुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित बैंकले सबैमा अपिल समेत गरेको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक एनआई सी एशिया बैंकले अधिराज्यभर १४९ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरहरु र ४ एक्स्टेन्सन काउण्टरबाट ग्राहकमुखी एवं उच्च स्तरको सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले ११७ अर्ब निक्षेप संकलन गरि ९८ अर्ब कर्जा प्रवाह गरिसकेको छ ।















प्रतिक्रिया