५ कार्तिक २०८३, बिहिबार

आइएमई इन्स्योरेन्स र ग्लोबल आइएमई क्यपिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको असोज १० गते सम्पन्न भएको २०औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडसंग हकप्रद शेयर निष्काशनको सम्झौता पत्रमा सोमबार हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त संझौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गर्नुभयो ।

कम्पनीको चुक्ता पूंजी वृद्धि गर्ने सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिंदै आज सम्झौता भएको ८० प्रतशित हकपद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूंजी रु. ९७ करोड २० लाख पुग्नेछ र तत् पश्चात बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अरब २ करोड ६ लाख पुर्याउने गरी पूंजी बृद्धि योजना बीमा समितिमा पेश गरिएको पनि जानकारी गराउनुभयो ।

कम्म्पनीले गुणस्तरीय सेवामा वृद्धि गर्दै ग्राहक महानुभावरुलाई चुस्त सेवा प्रदान गर्नको लागि ७ वटै प्रदेशमा शाखा सञ्चाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्युालयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।