काठमाडौं, २ पुस । वाम गठबन्धनले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रका शीर्ष नेताले सत्ता छाड्न अटेरी गरेर जनमतको अवमूल्यन नगर्न चेतावनी दिएका हुन् ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा संवैधानिक रुपमा कुनै अस्पष्टता नरहेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न देउवालाई आग्रह गरे । ‘अहिले नै विग्रियो, बाधा गर्यो भन्ने पनि होइन । तर, प्रधानमन्त्रीका अभिव्यक्ति र परामर्शका नाममा भइरहेका गतिविधिलाई हामी हेरिरहेका छौं, यो निकै आपत्तिजनक छ,’ उनले भने ।
प्रधानमन्त्रीबाटै लोकतन्त्रको स्वस्थ अभ्यासमा अवरोध गर्ने गरी अभिव्यक्ति आउनु दुःखद भएको उनको धारणा थियो ।















प्रतिक्रिया