काठमाडौं, १ पुस । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ६५ हजार कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।
रुपन्देहीको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको संस्थालाई शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड सेबोनले आज अनुमति दिएको हो ।
कम्पनीले सय रुपैयाँ अंकित मुल्यमा एक करोड ६५ लाख रुपैयाँको एक लाख ६५ हजार कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
साधारण शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी साढे ५ करोड पुग्नेछ । कम्पनीमा ७० प्रतिशत अर्थात ३ करोड ८५ लाख रुपैयाँ पुँजी प्रवर्द्धकको छ ।
उन्नति माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा एक करोड ७० रुपैयाँ खुद नाफा कमाएको थियो । शेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई यसअघि नै विक्री प्रबन्धक तोकेको थियो ।
पछिल्लो डेढ महिनामा सर्वसाधारणका लागि शेयर जारी गर्ने यो पाँचौ कम्पनी हो । यसअघि नै सेबोनबाट अनुमति पाएको राधी विद्युत कम्पनी लिमिटेडले अहिलेसम्म शेयर निष्काशन गरेको छैन ।
साधारण शेयर अर्थात एफपिओ जारी गर्ने अनुमति पाएका प्रियिमर इन्सुरेन्स कम्पनी र बुटवल पावर कम्पनी लिमिटेडको एफपिओ पनि जारी भइसकेको छैन ।
पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले इलामका बासिन्दाका लागि र साञ्जेन जलविद्युत कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा कर्मचारी, विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, जिल्ला समन्वय समिति रसुवा र साविकको चिलिमे गाविसका कर्मचारीका लागि शेयर जारी गर्ने अनुमति पाए पनि शेयर निष्काशन गरेको छैन ।















प्रतिक्रिया