पथरी, ११ मंसिर । हप्ता दिनदेखि विराटनगरको नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत सप्तरीका रामप्रसाद साहले गएराति झ्यालबाट हाम फाल्नुभएको छ ।
उहाँका आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै आउनुभएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराउनुभएको थियो ।
रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्काे कोठामा सारिदिन आग्रह गरिरहनुभएको थियो । अस्पताल व्यवस्थापनले उहाँको आग्रह नमानेपछि डरले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।
झ्यालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर बनेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले बताउनुभयो ।















प्रतिक्रिया