२ कार्तिक २०८३, सोमबार

समानुपातिकतर्फ कुन दललाई कति सीट ? यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभाको सूची

16.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ पुष । समानुतिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका छन् । चौथोमा संघीय समाजवादी फोरम र पाँचौंमा राजपा नेपाल रहेको छ । बाँकी साना दलले प्रतिनिधिसभामा ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेनन् ।

हेर्नुस् कुन दलले कति सीट जित्यो ? प्रतिनिधिसभा र प्रदेशसभाको सूचीः

प्रतिनिधि सभा:
११० समानुपातिक सांसदमध्ये
एमाले: ४१
कांग्रेस: ४०
माओवादी: १७
संघीय समाजवादी फोरम: ६
राजपा नेपाल: ६

प्रदेशसभा: 
प्रदेशसभामा समानुपातिकतर्फ सिट कायम गर्न कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत कटाउनुपर्छ ।

प्रदेश नम्बर १ : एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् ।

एमाले- १५
कांग्रेस- १३
माओवादी- ६,
संघीय समाजबादी फोरम- २
राप्रपा- १ सिट

प्रदेश नम्बर २ : प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्दैछ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ प्रतिशत समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।

कांग्रेस- ११
राजपा र फोरम: ९–९
एमाले- ८
माओवादी- ५
नेपाल संघीय समाजवादी पार्टी- १

प्रदेश नम्बर ३ : प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने ४४ जना समानुपातिकबाट चुनिनेछन् ।

एमाले- १७
कांग्रेस- १४
माओवादी- ८
विवेकशील साझा पार्टी- ३
राप्रपा र नेपाल मजदुर किसान पार्टी: १–१ सिट

प्रदेश नम्बर ४ : प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ ।

एमाले- १०
कांग्रेस- ९
माओवादी- ३
नयाँ शक्ति र राष्ट्रिय जनमोर्चा: १–१ सिट

प्रदेश नम्बर ५ : ५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । जहाँ ५२ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद आउनेछन् ।

एमाले- १३
नेपाली कांग्रेस- १२
माओवादी केन्द्र- ६
संघीय समाजबादी फोरम- २
राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा: १–१ जना सांसद पाउने

प्रदेश नम्बर ६ : ६ नम्बर प्रदेशमा सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद चुनिनेछन् ।

एमाले- ६
कांग्रेस- ६
माओवादी- ४

प्रदेश नम्बर ७ : सात नम्बर प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । यो प्रदेशमा प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी सात नम्बर प्रदेशमा ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।

कांग्रेस- ८
एमाले- ७
माओवादी- ४
राजपा र राप्रपा: १-१ सिट