नयाँदिल्ली, १ पुस । भारतीय क्रिकेट खेलाडीहरूले पाउने पारिश्रमिकमा शतप्रतिशत वृद्धि हुने भएको छ । यो नियम राष्ट्रिय स्तरका खेलाडीहरू देखि स्थानीय खेलाडीहरूमा पनि लागू हुने बताइएको छ ।
भारतको सर्वोच्च अदालतले भर्खरै मात्र गरेको यस निर्णयले चर्चा पाउन थालेको छ । यस वृद्धिको निर्णयका लागि भारतीय क्रिकेट टिमका कप्तान कोहली तथा प्रशिक्षक रवि शास्त्रीले निकै समयअघि देखि प्रयत्न गरिरहको थिए ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यस वर्ष कप्तान विराट कोहलीलाई साँढे पाँच करोड पारिश्रमिक प्रदान गरेको छ । टाइम्स अफ इण्डियाका अनुसारअबको यस नयाँ निर्णयले उनी लगायत सबै खेलाडीको पारिश्रमिकमा शतप्रतिशत वृद्धि हुनेछ ।
भारतीय क्रिकेट बोर्डका प्रमुख विनोद रायले भने यो निर्णय बिसिसिआईको कूल आम्दानी र नाफासँग प्रत्यक्ष जोडिने बताएका छन् । यसकारण पनि यो पारिश्रमिक वुद्धिको विस्तृत प्रक्रिया टुङ्गो लाग्न बाँकि नै छ । – एजेन्सी















प्रतिक्रिया