२ कार्तिक २०८३, सोमबार

राप्रपाको लज्जास्पद हारको जिम्मेवारी लिँदै कमल थापाले के भने ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले निर्वाचनमा निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

पार्टी अध्यक्ष थापाले शुक्रबार विज्ञप्ति जारी गरी हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका हुन् । निर्वाचन परिणामबारे पार्टी केन्द्रीय कार्यसमितिले विस्तृत अध्ययन गरी कार्यशैलीमा पुनःसमीक्षा गर्ने उनले बताएका छन् ।

अध्यक्ष थापाले परिणाम जेजस्तो भए पनि चुनावमा पार्टीसँग सहकार्य गर्ने सबै राजनीतिक दल तथा शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सफल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा अंग र प्रशासनिक संयन्त्र र सबै जनतालाई धन्यवाद दिएका छन् ।

निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै नेता थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल भएकामा नेकपा एमालेलाई बधाई पनि दिएका छन् ।

परिणाम निराशाजनक भए पनि जनादेशलाई प्रजातान्त्रिक आदर्शअनुरुप हार्दिकताका साथ शिरोधार्य गरिने विज्ञप्तिमा उल्लेख छ । उनले विचलित नभई पार्टीको आदर्श र मान्यताप्रति प्रतिबद्ध रहन सम्पूर्ण कार्यकर्ता, सहयोगी र शुभचिन्तकलाई आग्रह पनि गरेका छन् ।