२ कार्तिक २०८३, सोमबार

हेडक्वार्टरमा बसेर के गर्दैछन् रमेश खरेल ?

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाल प्रहरीका चर्चित नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले सुरक्षा सेवा निर्देशनालयको जिम्मेवारी सम्हालिरहेका छन् ।

केही महिनाअघि यूएन मिसनको जागिर छाडेर नेपाल फर्किएका खरेलले उच्च व्यक्तिहरुको सुरक्षाको नेतृत्व सम्हालेका हुन् । सुरक्षा सेवा निर्देशनालयले देशका भीभीआईपी, भीआईपी र उच्च व्यक्तित्वहरुको प्रबन्ध गर्ने काम गर्छ । यसको प्रमुखको रुपमा खरेलले राजनीतिक दलका शीर्ष नेतादेखि उच्च पदस्त कर्मचारी, अवकाशप्राप्त उच्च अधिकारीको सुरक्षा प्रबन्ध मिलाउने काम गरिरहेका छन् ।

‘कसलाई कति थ्रेट छ, त्यसैअनुसार हामीले सुरक्षा प्रबन्ध मिलाउने हो,’ खरेलले भने । कुन नेतालाई कस्तो थ्रेट भन्ने प्रश्नमा उनले अगाडि भने– ‘सामान्य थ्रेट त सबैलाई हुन्छ । अरु भन्न मिल्दैन् । हाम्रो टिमले मूल्यांकन गरेर त्यसैअनुसार सेक्युरिटीको प्रबन्ध गर्छ ।’

सुरक्षा सेवा निर्देशनालयले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रमुखहरु ल्गायत भीभीआईपी र भीआईपीलाई आवश्यक सुरक्षा प्रदान गर्दै आएको छ । खासगरी सुरक्षाकर्मी बडीगार्डको रुपमा पठाएर होस् वा थ्रेट भए निगरानी गरेर सुरक्षा दिँदै आएको छ ।

साईबर अपराधबारे अन्तरक्रिया सम्पन्न

यसैबीच शुक्रबार साईबर अपराध र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालय नक्साल स्थित अपराध अनुसन्धान विभागको सभा हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको शुक्रबार आयोजित एक समारोहबीच डीआईजी रमेश खरेलले उद्घाटन गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयको निमन्त्रणमा नेपाल आएका अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयका साईवर सुरक्षा सम्बन्धी बरिष्ठ प्राध्यापक डा. मनोउन अलाजाबले साईबर अपराध सम्बन्धी छलफल तथा अन्तरक्रिया गरे ।

नेपाल प्रहरीका साईबर अपराधको क्षेत्रमा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको कार्यक्रममा प्रविधिको प्रयोगबाट हुने अपराधहरु, नेपालमा भइरहेका मुख्य साईबर अपराधहरु, यसका प्रवृती र कारण लगायतका विषयमा छलफल भएको थियो ।