५ कार्तिक २०८३, बिहिबार

आइएमईए जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरीमा आजदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गर्नुभयो ।

उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा चिरञ्जिबी चापागाईले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिनुभयो ।

उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्सलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गर्नुभयो । सोही अवसरमा अध्यक्ष चापागाईले सबैले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तीको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने भनि उपस्थित सबैलाई आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न पनि आग्रह गर्नुभयो ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनु भयो । कम्पनीको आज उद्घाटन भएको शाखा सहित २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान जारी यसै आ.ब.को अन्तसम्ममा कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुयाउने जानकारी गराउैदै अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले हालसम्म रु.३३ कारोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिनुभयो । कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै महानुभावहरुलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गर्नुभयो

सोही कार्यक्रममा विभिन्न संघ, संस्था, स्थानीय उद्योगी, व्यापारी तथा व्यावसायीहरुले कम्पनीले शाखा संञ्जाल विस्तार गर्ने क्रममा न्यूरोडलाई पनि उचित स्थान ठानेर स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि खिचापोखरी, न्यूरोडमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष, संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।