काठमाडौं, २८ मंसिर । मध्य उपत्यका नगर यातायातले टाटा मोर्टसका अत्याधुनिक सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।
नेपालमा विगत ३५ वर्षदेखि देशकै सबैभन्दा ठूलो र धेरै 3s (Sales/Service/Spare) को संजाल भएको टाटाको एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिद्घारा आयातित टाटा मोर्टसका अत्याधुनिक सुविधा सम्पन्न १३ थान टाटा मार्कोपोलो अल्ट्रा ३९ सिट क्षमताका Semi Low Floor बसहरु मध्यउपत्यका नगर यातायातले आजबाट भक्तपुरदेखि कोटेश्वर, एयरपोर्ट, गौशाला, रातोपुल, नक्साल, टिचिङ्ग हस्पिटल, नारायण गोपाल चोक सामाखुसी, नयाँवसपार्क, स्वयम्भु, कलंकीका साथै विभिन्न रुटमा संचालनमा ल्याएको हो ।
नगर वसको उद्घाटन भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले गर्नुभयो । उक्त कार्यक्रममा मध्य उपत्यका नगर यातायातका अध्यक्ष प्रकाश डंगोललाई सिप्रदी ट्रेडिङ्ग प्रालिका विक्री प्रवन्धक इन्द्रमणि पोखरेलले १३ थान बसका साँचो हस्तान्तरण गर्नुभयो ।
टाटा व्रान्डका अत्याधुनिक टेक्नोलोजी सहितका अल्ट्रा बसमा यात्रुहरुलाई चढ्दा तथा ओर्लिन Semi Low Floor भएकाले सहज हुनेछ भने फराकिलो गल्ली तथा आरामदायी सिटहरुले यात्रुको यात्रा सहज र आरामदायी गराउने बताइएको छ ।
आगामी दिनमा थप यस्तै टाटाका नगर बसहरु थपी काठमाडौं तथा भक्तपुरका जनतालाई सेवा दिने र मास ट्रान्सपोर्टेसनमा जाने अध्यक्ष प्रकाश डंगोलले जानकारी गराउनुभयो ।


















प्रतिक्रिया