६ कार्तिक २०८३, शुक्रबार

सार्कका पाहुनाले यसरी गर्दैछन् भट्टेडाँडाबाट मनोरम हिमशृङ्खलाको अवलोकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhulikhel-620x400काठमाडौँ, ११ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखले धुलिखेलमा रिट्रिटका केही समय विताउने भएका छन् ।

राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्व पर्यटकीय नगर काभ्रेको धुलिखेल नगरपालिका–१ स्थित भट्टेडाँडामा रहेको द्वारिकाज होटलमा विशिष्ट पाहुनाहरू रिट्रिटमा सहभागी भएका छन् ।

रिट्रिटलाई सार्कको एउटा नियमित प्रक्रिया र आकर्षणका रूपमा लिइन्छ । सार्कको औपचारिक मञ्चमा द्विपक्षीय मुद्दा उठाउन नमिल्ने परम्परा रहेको कारण पनि रिट्रिटले बढी चर्चा पाउने गर्छ ।

रिट्रिटका समयमा सहभागी राष्ट्र÷सरकार प्रमुखबीच खुलेर एकआपसमा भलाकुसारी गर्दै आपसी हितमा मात्र सीमित नरही द्विपक्षीय समस्याका गाँठो फुकाउने अवसर पनि मिल्छ । दुईदिने शिखर सम्मेलनमा व्यस्त कार्यतालिकाको चापलाई पन्छाएर केही समय विश्रामका लागि फुर्सद निकाल्ने चलन रहेको छ ।

शिखर सम्मेलनको दोस्रो दिन आयोजक राष्ट्र नेपालले धुलिखेलमा यसप्रकारको खानपानसहितको विश्रामको व्यवस्था मिलाएको हो ।

तीनसय रोपनीमा फैलिएको होटल द्वारिकाजबाट उत्तरी क्षेत्रमा फैलिएको मनोरम हिमशृङ्खला, पहाडी भू–भाग र जनजीवनको सजिलै अवलोकन गर्न सकिन्छ । अत्याधुनिक सुविधा सम्पन्न सो होटलमा विशेषतः पाहुनालाई स्थानीय उत्पादनका परिकार उपलब्ध गराउँदै आएको छ ।