पर्सा, ११ मंसिर । प्रहरीले वीरगन्ज कारागारबाट ६ राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
कारागारमा कैदी भेट्न आउने बारा पिप्राढी–५ की ३५ वर्षीया लाइची देवी र उहाँसँगै कारागारमा आएका सोही ठाउँ २६ वर्षीय अशोक साह कानुलाई प्रहरीले गोलीसहित पक्राउ गरेको हो ।
लाइची देवी चोरी मुद्दामा वीरगन्ज कारागारमा कैदी जीवन बिताइरहेका श्रीमान् रामएकवाल सहनीलाई भेट्न आउनुभएको थियो ।
श्रीमान्को ज्याकेट लिएर कारागारमा दिन आउने क्रममा कारागार परिसरमा सुरक्षाकर्मीले चेकजाँच गर्दा ज्याकेटको खल्तीमा ३०३ राइफल र एसएलआरको ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
गोलीसहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।
सहनी चोरी अभियोगमा वीरगन्ज कारगारमा जेल जीवन बिताइरहेका छन् ।















प्रतिक्रिया