काठमाडौं, २७ मंसिर । कुवेतको निजी स्वामित्वमा रहेको वतानिया एयरवेज्ले डिसेम्बर १३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याउने भएको छ ।
सेवा सञ्चालनसंगै वतानिया एयरवेज् कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ । यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवा किफायती मुल्यमा उपलब्ध गराउने रहेको छ । एयरलाइन्सले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य रु. २३००० निर्धारण गरेको छ ।
तीन ए–३२० विमान सहितको वतानिया एयरवेज्ले विश्वभरका ११ गन्तव्य सम्मका लागि उडान सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरिएको छ ।
‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्तहुनेछ’, वतानिया एयरवेज, काठमाडौंकालागि स्टेशनम्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेतमाकामको थपअवसर समेत प्राप्तहुने हामीलाई विश्वास छ ।’

















प्रतिक्रिया