१ कार्तिक २०८३, आइतबार

दुई अर्बभन्दा बढीको लागतमा विर्तामोडमा क्यान्सर अस्पतालको निर्माण सुरु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजकुमार ओली

विर्तामोड, २७ मंसिर । झापाको विर्तामोडमा २ सय ५० करोड रुपैयाँमा अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पताल बन्ने भएको छ ।

आज बुधवार झापाको विर्तामोडमा वि एण्ड सि मेडिकल कलेजले अस्पताल परिसरमा नै पुर्वाञ्चल क्यान्सर अस्पतालको भवन निर्माण कार्यको शुभारम्भ गरेको हो । अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर ३० करोड रुपैया मुल्यको उच्च प्रविधीको अत्याधुनिक मेसिनसहितको क्यान्सर अस्पतालको भवन निर्माण शुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवन्ध निर्देशक दुर्गा प्रसाइले ८ तल्लाको १६ कठ्ठा जमिन क्षेत्रफलमा २ सय ५० करोडमा भवन निर्माण गर्न लागिएको बताउनुभयो । पूर्व क्षेत्रका क्यान्सर पीडितलाई लक्षित गरि आउँदो ६ महिना भित्रमा सेवासमेत शुरु गरिने क्यान्सर रोग विषेशज्ञ डाक्टर वीरेन्द्र यादवले बताउनु भएको छ । नेपालमा नै उच्च प्रविधिको यो मेशिनले एकपल्टमा नै सयौ विरामीलाइ उपचार गर्न सम्भव हुने भएकोले पनि अधिक खर्च गरेर यो मेशिन भित्र्याउन लागिएको जानकारी दिनुभयो ।

हाल अस्पतालले ५० वेड क्षमताको आइसीयु कक्ष समेत सञ्चालन गरिरहेको छ । मेडिकल कलेजको सञ्चालनमा तयारीमा रहेको सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिनुभएको हो । हालसम्म १८ करोड मुल्य बराबरको अत्याधुनिक ल्याव मेशिन भित्र्याई उच्चस्तरीय सेवा दिइरहेको अस्पतालले अब क्यान्सर पीडितलाई समेत सेवा दिने भएको हो ।