१४ कार्तिक २०८३, शनिबार

यी–यी रहेछन् वामदेव बिगार्ने

15.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । कोखमा दाँत हुने आफन्ती नै भएपछि के लाग्दोरहेछ र ! एमाले उपाध्यक्ष, अहिलेको वाम गठबन्धनका प्रमुख सूत्रधार, उस्तै परे प्रधानमन्त्री पनि भइहाल्ने भनिएका नेता वामदेव गौतम बर्दिया पुगेर कोखमा दाँत भएका आफन्तीबाट कसरी सकिएछन् ? एकदमै ठूलो डिजाइनको चर्चा अहिले एमालेभित्र चलिरहेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

भैंसी मोटाएर हात्ती बनेको कहीँ पनि देखएको छैन । तर, बर्दिया– १ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमलाई त्यहीँका एमालेहरूले त्यस्तो बनाइदिए ।

अर्थात्, स्थानीय निर्वाचनमा जम्मा २४ हजार मत पाएको नेपाली कांग्रेसले पाँचै महिनामा ४४ हजार भोट पाएर चुनाव जित्ने कुरा स्वभाविक होइन ।

सिध्याउन पनि अरुले हैन, केपी ओली गुटकै खास–खास भनिएका श्याम ढकाल, दामोदर अर्याल, खड्गबहादुर खड्काहरूले मुख्य भूमिका खेलेको भनी एमाले अध्यक्ष केपी ओली सहित मुख्य नेताकहाँ जिल्लाको पार्टी कमिटीबाट रिपोर्टिङ भएको छ ।

बालकोट स्रोतका अनुसार आजभोलिमै उनीहरूलाई कारबाही गर्ने तयारी छ । त्यसका लागि संकलन गर्नुपर्ने प्रमण अध्यक्ष ओलीको हातमा पुगिसकेको बताइन्छ ।