
काठमाडौं, २७ मंसिर । भारतमा भन्दा नेपालमा मोबाइल इन्टरनेटको स्पीड बढी देखिएको छ ।
स्पीड टेष्टले गरेको ग्लोवल टेष्ट २०१७ मा मोबाइलमा इन्टरनेट स्पीड भारतमा भन्दा नेपालमा बढी देखिएको हो । नेपाल ग्लोवल टेष्टको ९९ औं स्थानमा छ । भारत १ सय ९ स्थानमा रहेको छ ।
नेपालमा मोबाइल इन्टरनेट १० दशमलव ९७ एमबीपीएसको स्पीडमा चल्छ भारतमा भने ८ दशमलव ८ शुन्य एमवीपीएसको गतीमा इन्टरनेट चल्ने गरेको सो सर्वेक्षणले देखाएको छ ।
भारतमा भन्दा नेपालमा मोबाइल इन्टरनेट तिब्र गतिमा चलेपनि यो अन्य देशहरुको तुलनामा सुस्त गतिमा चल्ने इन्टरनेट चल्ने देशहरूको सूचीमा नेपाल छ ।
मोबाइल इन्टरनेट सबैभन्दा बढी नर्वेमा छ । नर्वेमा ६२ दशमलव ६६ एमबीपीएसका दरले मोबाइलमा इन्टरनेट चल्छ ।
ब्रोडब्याण्डमा भने नेपाल इन्टरनेट कम चल्ने देशहरूको सूचीमा छ । नेपालमा इन्टरनेट कम चल्ने देशहरूको ९२ औं स्थानमा छ । पहिलो देशमा सिंगापुर छ ।















प्रतिक्रिया