१ कार्तिक २०८३, आइतबार

प्रेम बानियाँ भन्छन्- ‘म विरुद्ध दुष्प्रचार भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prem_baniya

काठमाडौं, १० मंसिर । संचारकर्मी प्रेम बानियाँले मदिरा सेवन गरी आफूले नेपालको प्रहरीका एसपीको फुली समातेको भन्ने आरोप झुट्टा भएको दाबी गरेका छन् ।

प्रहरी अधिकृतको फुली खोस्ने दम्भ आफूसँग नभएको भन्दै उनले त्यसको प्रमाणित गर्न चुनौती समेत दिएका छन् । न्यूज २४ टेलिभिजनका चर्चित कार्यक्रम प्रस्तोता बानियाँले हालै चितवनका एसपी सहकुल थापाको फुली खासेको भन्दै एक साप्ताहिक पत्रिकाले समाचार प्रकाशित गरेको हो । त्यसलगत्तै प्रतिक्रिया दिँदै बानियाँले आफू विरुद्ध लागेको आरोपमा कुनै सत्यता नरेको बताएका छन् ।

प्रेम भन्छन् -‘प्रिय साथीहरु ! यतिवेला मविरुद्ध जस्तो प्रकारले दुश्प्रचारको खेल चलिरहेको छ, यसबाट म अत्यन्त दुःखी र मर्माहत छु । दुश्प्रचारमा उल्लेख भए अनुसार न म कुनै होटलको उद्घाटन कार्यक्रमका लागि गएको थिएँ, न कुनै पुलिस अफिसरको फुली खोस्ने दम्भ र दुस्साहस नै मसँग छ । अनि फुली खोस्दा पनि चुपोलागेर बस्ने एसपी नेपालमा को होला ? म त केवल ह्याविट्याट फर ह्युम्यानिटी नपालको सद्भावना दूत भएकाले चितवनका सुकुम्वासीहरुका लागि घर निर्माण अभियानमा गएको थिएँ, सहभागी भएँ र फर्किएँ । मलाइ अचम्म लागेको छ यो कस्तो नियोजित दुश्प्रचार गरिंदैछ र मान्छेलाई लखेट्न खोजिंदैछ !चुनौतिका साथ भन्न चाहन्छु, दुश्प्रचारमा उल्लेख भएको कुनै पनि तथ्य प्रमाणित गर्ने मान्छे मेरो अगाडि आओस् । यो कस्तो अतिरञ्जित लखेट्याइ होला ??’

उनीमाथि लागेको आरोप भने यस्तो थियो:

पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’

काठमाडौँ एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका पावर न्यूजवाला पत्रकार प्रेम बानियाँले ‘म आईजीपीसँग बसेर रक्सी खाने मान्छे । तँ को होस्, मलाई सम्झाउने । डिस्टर्व गर्ने रु कति खानुपर्छ भनेर सिकाउने रु’ उनले थापाको फुली समातेर तान्दै भने, ‘तेरो के हैसियत छ रु’

प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एलडिओसँग बसेर डिनर खाइरहेका सहकुल निरीह देखिए । कसैले बोल्ने आँट गरेनन् । मंसिर १ गतेको साँझ त्यहाँ बानियाँको राज चल्यो ।

भरतपुरका ५० जना व्यापारी मिलेर १७ करोड लगानीमा त्यो रिसोर्टमा मात्र होइन प्रेमले हाइटी जाँदा क्याप्टेन बुद्ध थेबेलाई समेत यसरी नै रक्सीले मातेका बेला यौन दुव्र्यवहार गरेका थिए ।

उनलाई त्यसबेला पेस्तोल निकालेर गोली ठोक्नै लागिएको थियो । धन्न बाँचेर आए । पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै उजुरी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचारसंहितामाथि पुनरावलोकन गर्ने भएको छ ।