२ कार्तिक २०८३, सोमबार

कांग्रेसकै मन्त्रीले मागे प्रधानमन्त्रीको राजीनामा, अब देउवा के गर्छन् ?

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । रक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको पराजयबारे तत्काल बैठक बोलाएर पार्टीमा गहिरो छलफल हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले प्रतिनिधि तथा प्रदेशसभामा पार्टीले नराम्रो हार बेहोरेकाले यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्ने बताए । उनले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा समेत माग गरे । ‘पार्टीको हारबारे सभापतिज्यूले तत्काल बैठक बोलाएर छलफल गरी राजीनामा दिँदा राम्रो हुन्छ”, प्रधानले भने ।

उनले नेतृत्वको बोलीमा परिवर्तन हुन नसक्नु, तराईका दललाई मिलाउन नसक्नु, पार्टीका तर्फबाट कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्न नसक्नुजस्ता कारण पार्टीले पराजय भोग्नुपरेको टिप्पणी गर्दै आगामी दिनमा काँग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिए ।

अर्को प्रसङ्गमा रक्षामन्त्री प्रधानले तराईमा देखिएका समस्या समाधान गरी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गराउनु वर्तमान सरकारको मुख्य सफलता भएको जिकिर गरे । काठमाडौँ क्षेत्र नं ६ बाट नवनिर्वाचित सांसदसमेत बन्नुभएका प्रधानले संसदमा काँग्रेस सम्मानजनक प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।