काठमाडौँ, १० मंसिर । राप्रपा नेपालबाट कारबाहीमा परेका पद्मसुन्दर र उनका छोरा सगुन लावतीले राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी फुटाउने चलखेलमा लागेको आरोप लगाउनु भएको छ ।
पद्मसुन्दर र सगुनले बुधबार एक विज्ञप्ति जारी गरी यस्तो आरोप लगाउनु भएको हो ।
उहा्ँहरुले विज्ञप्तिमा राप्रपा नेपाल बिभाजन नहोस् र पार्टी एकता मजबुत होस् भन्ने पक्षमा आफुहरु रहेको पनि स्पष्ट पार्नु भएको छ ।
‘अध्यक्षको हैकम र मनपरीबाट थापा स्वयम पार्टी फुटाउन तल्लिन छन् भन्ने स्पष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
उहाँहरुले अध्यक्ष थापाले फरक मत निमिट्यान्न पारेर पार्टीलाई झन् एकलौटी गर्ने, प्राइभेट कम्पनी बनाउने खेलमा लागेको पनि आरोप लगाउनु भएको छ ।















प्रतिक्रिया