१ कार्तिक २०८३, आइतबार

कृषि विकास बैंकको ५ करोड हिनामिनामा संलग्न रहेका थप ३ अभियुक्त पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ मंसिर । कृषि विकास बैंक लिमिटेडको न्यूरोड शाखाबाट चार करोड एकानव्बे लाख हिनामिना प्रकरणमा संलग्न रहेको आरोप प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । रकम हिनामिनाकी मुख्य आरोपी शाखाकी सहायक टेलर दीपिका रेग्मीको बयानका आधारमा आइतबार थप ३ जना अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कायममुकायम मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङ्गेल, न्यूरोड शाखाका ईसीसी प्रमुख गोपाल गिरी, शाखाका कर्जा प्रमुख महेश्वर मरहट्टा रहेका छन् ।

आरोपीहरुले अन्तर शाखा कारोबार हिसाब क्लियरीङको रकम पेण्डीङ भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी हिनामिना गरेको सीआईबीले बताएको छ । प्रहरीले यसअघि सहायक टेलर रेग्मीसहित ३ जनालाई पक्राउ गरेको थियो ।